पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]om

कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा भन्नुहुन्छ– अर्थमन्त्रीले राजीनामा दिनुपर्छ

चिन्तन खबर

काठमाडौं । कांग्रेसमा महामन्त्री विश्वप्रकास शर्माले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने माग राख्नुभएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल पदबाट नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि शर्माले सामाजिक सञ्‍जालमार्फत राजनीनामा दिनुपर्ने माग राख्नु भएको हो ।

अर्थमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने धेरैले अभिव्यक्ति दिनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आशयको घुमाउरो शैलीमा शर्माले त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।

शर्माले पूर्वअर्थमन्त्री महेश आचार्यको उदाहरण दिँदै आफ्नो अभिव्यक्ति सामाजिक सञ्‍जालमा लेख्नुभएको हो ।