Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन अपनाइने सुरक्षा रणनीतिबारे छलफल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन अपनाइने सुरक्षा रणनीतिबारे छलफल

चिन्तन खबर

काठमाडौँ । स्थानीय तह निर्वाचनको प्रभावकारी सुरक्षा प्रबन्धबारे आज केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा सिंहदरबारमा भएको बैठकमा यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सुरक्षा निकायबाट बैठकमा उपस्थित हुनुभएका प्रमुख र प्रतिनिधिले निर्वाचनका लागि गरिएको सुरक्षा तयारीबारे अवगत गराउनुभएको जानकारी दिनुभयो । निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । बैठकमा मन्त्री खाँणले सुरक्षा निकायका प्रमुखले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंसा गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेबारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

“निर्वाचन तयारीका सन्दर्भमा तपाईहरूले पेस गरेका योजना उपयुक्त छन्, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो”, गृहमन्त्री खाँणले भन्नुभयो, “अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपाईहरू निर्वाचन सम्पन्न गर्न लाग्नु होला, हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ ।”

निर्वाचनमा आउन सक्ने चुनौति केके हुन् र ती चुनौति चिर्दै निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि मन्त्री खाँण सामु सुरक्षा निकायका प्रमुखहरूले आआफ्नो धारणा राख्नुभएको थियो । बैठकमा मन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, गृहप्रवक्ता पोखरेलसहित सुरक्षा निकायका अन्य अधिकृत र गृह मन्त्रालयका पदाधिकारीको सहभागिता थियो ।