फिदिम । फिदिम नगरपालिका– ६ मा गठबन्धन विपरित उम्मेद्वारी दर्ता भएको छ । सोमबार भएको उम्मेद्वारी दर्तामा कांग्रेसका असन्तुष्ट पक्षको समर्थनमा बिपन तुम्रोकले उम्मेद्वारी दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) फिदिम नगर कमिटीका कोषाध्यक्ष रहनुभएका तुम्रोकले स्वतन्त्र तर्फबाट वडा अध्यक्षको लागि मनोनयन दर्ता गराउनुभएको हो । उहाँलाई किटक बाँडफाँडको बिषयमा असन्तुष्ट बनेका नेपाली काँग्रेसकै वडास्थित नेताहरुको समर्थन रहेको स्रोत बुझिएको छ ।
फिदिम–६, को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डिगबीर सारु मगर, नेकपा एमालेबाट धनकुमार सारु मगर, जनता समाजवादी पार्टीबाट दिलेन्द्र तुम्रोक र मंगोल नेशनल अर्गनाइजेशनबाट इन्द्र बुर्जा मागरले अध्यक्षका लागि मनोनयन दर्ता गराएका गराउनुभएको छ ।
प्रतिक्रिया