Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सुनचाँदी ब्यवसायी संघ पाँचथरमा नयाँ कार्यसमिति « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सुनचाँदी ब्यवसायी संघ पाँचथरमा नयाँ कार्यसमिति

विपुल अधिकारी

फिदिम । सुनचाँदी ब्यवसायी संघ पाँचथरको छैटौं अधिवेशनले राजेन्द्र लोहारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा पदम लुहागुन, द्वितीय उपाध्यक्षमा दीपक धमला, महासचिवमा विनोद रसाइली, सचिवमा मनिष (प्रकाश) खाती र कोषाध्यक्षमा मदन कालिकोटे निर्वाचित हुनुभएको संघका निवर्तमान महासचिव सन्तोष सिन्चेउरीले जानकारी दिनुभयो ।

यस्तै संघका कार्यसमिति सदस्यमा टीकाराम रसाइली, डिल्लीराम लामगादे, महेन्द्र घिमिरे, डिल्लीराम घतानी, दिनेश रहपाल, सन्तोष गहतराज, रमेश लोहार, महेश लामगादे, गौरव विश्वकर्मा, सुमन पोर्तेल र यामबहादुर शंकर निर्वाचित हुनुभएको छ ।

संघका पदाधिकारी तथा सदस्यमा अधिकांश युवा ब्यवसायीहरु निर्वाचित भएका छन् । सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएको निवर्तमान महासचिव सिन्चेउरीले जानकारी दिनुभयो ।

अधिवेशनको अवसर पारेर संघको अगुवाईमा फिदिम नगरपालिका–१ स्थित शिवालय मन्दिरमा निर्माण गरिएको विश्वकर्मा बाबाको मन्दिर समेत उद्घाटन गरिएको छ । यस्तै संघले गत वैशाक ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरु, संघमा आवद्ध स्थानीय तहका कार्यपालिकामा निर्वाचित सदस्यहरु लगायतलाई सम्मान समेत गरेको संघका निवर्तमान अध्यक्ष निरबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

मन्दिर उद्घाटन, सम्मान तथा संघको छैटौं अधिवेशन तथा साधारणसभा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।