काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दुई दिन पछि आज बस्ने भएको छ । आइतबारबाट सुरु भएको माओवादी केन्द्रको बैठक सोमबार पनि बसेको थियो । मंगलबार र बुधबार भने बैठक स्थगित भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माको बजेट प्रकरणमा छानमिन समिति गठन, संसद बैठकलगायतका कारण स्थगित भएको थियो । बैठकमा आज अध्यक्ष पुष्पकमल दहाल पप्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने बताइएको छ ।
ैबैठक आज ११ बजे बसदै छ ।
प्रतिक्रिया