काठमाडौं । आज विहान नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दू भएर ५.३ म्याग्निच्युटको भूकम्प गएको छ ।
नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बेलकोटगढी केन्द्रबिन्दु भएर शनिबार बिहान ५ बजेर २६ मिनेटमा सो भूकम्प गएको जानकारी दिनुभयो ।
भूकम्पको उपत्यकासहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा भूकम्पको महसुश भएको बताइएको छ ।
प्रतिक्रिया