Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अव्यवस्थित मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको प्रमाणपत्र खारेज गर्ने चेतावनी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अव्यवस्थित मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको प्रमाणपत्र खारेज गर्ने चेतावनी

चिन्तन खबर

काठमाडौं । नेपाल आयल निगमले मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ । अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको प्रमाणपत्र खारेज गर्ने निगमले चेतावनी दिएको हो ।

सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

“तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।

तत्कालीन अवस्थामा मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताले हाल सोबमोजिम बिक्री–वितरण नगरेको पाइएको निगमले जनाएको छ ।