Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्राधिकरणको नाफामा छलाङ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्राधिकरणको नाफामा छलाङ

चिन्तन खबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो ।

ठूला उद्योगमा चाहिएजति बिजुली पु–याउने अभियानलगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो । गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पु-याउने लक्ष्य राखिएकामा ३५१ युनिट पुगेको प्राधिकरणले जनाएको छ ।

यसबाहेक प्राधिकरण स्वामित्वका आयोजनाबाट १६ प्रतिशत बिजुली थप प्राप्त भएकाले पनि नाफा बढेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट प्राप्त भएको परीक्षणकालीन निःशुल्क बिजुलीले पनि प्राधिकरणको नाफा बढाउन थप योगदान गरेको देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुल आम्दानी नै एक खर्ब नाघेको छ । “आफ्नै आयोजनाको बिजुली, विद्युत् चुहावट नियन्त्रण, आन्तरिक खर्च नियन्त्रण, अन्य आम्दानी वृद्धिजस्ता कारण खुद नाफा बढेको हो,” उनले भने । यससँगै सार्वजनिक संस्थामध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा रहँदै आएको छ । गत आवको नाफा हालसम्मकै उच्च हो । आव २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ नाफा आर्जन गरेको प्राधिकरणले आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपियाँ नाफा पु-याएको थियो तर आव २०७७/७८ मा घटेर छ अर्ब १० करोड रूपियाँमा झरेको थियो ।

वार्षिक आम्दानी एक खर्ब रूपियाँभन्दा माथि पु-याएको प्राधिकरणले विद्युत् बिक्रीबाट मात्रै ८७ अर्ब रुपियाँ खुद आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।