Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या

विपुल अधिकारी

धरान । सुनसरीको धरानमा एक ब्यक्तिले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

भोजपुरको सानोदुम्बा–५ घर भई धरान उपमहानगरपालिका–१३ बस्दै आएका ४१ बर्षीय रामबहादुर रम्तेलले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् ।

विहीवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि उनले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिई घाइते नरमायालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । घटना र मृतकका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।