झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको कारोवार भइरहेको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको छ । राजवंशीको कोठाबाट ब्राउनसुगर बरामद भएपछि राजवंशीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यसैगरी भद्रपुर नगरपालिका–५ मेची पुल छेउबाट ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई राखेको १ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
टेम्पोबाट लागुऔषध बरामद भएपछि तेम्पो चालक बिर्तामोड–२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका–८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
प्रतिक्रिया