फिदिम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाँचथरको १८ औं जिल्ला अधिवेशन सुरु भएको छ ।
सोमबार (आज)बाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
आजको खुल्ला सत्र कार्यक्रममा अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष कल्पना वाइबा, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पाँचथरका सह–इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ, नेकपा(एमाले) पाँचथरका सचिव विष्णुप्रसाद सापकोटा, उप–सचिव पृथ्वी लावती, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा एमाले इलामका उप सचिव रविन्द्र सुवेदीलगायत नेताहरुले सम्बोधन गर्नुभएको छ ।
उद्घाटन सत्रको अध्यक्षता अनेरास्ववियु पाँचथरका अध्यक्ष सुन्दर योङ्हाङले गर्नुभएको थियो ।
प्रतिक्रिया