फिदिम । नेकपा (एमाले)को फिदिम नगरपालिका १० र फालेलुङ गाउँपालिका ८ को अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम मगरचेपामा सम्पन्न भएको छ ।
एमालेद्वारा प्रस्तावित प्रतिनिधिसभा सदस्यका उम्मेदवार वसन्तकुमार नेम्वाङ, एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद जबेगू, एमालेद्वारा प्रस्तावित प्रदेशसभा क का उम्मेदवार राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्य एवं निवर्तमान प्रदेशसभा सदस्य आशारत्न जबेगू, सचिवालय सदस्य राजु थाम्सुहाङ, अनिता राई, नगर अध्यक्ष जलकुमार तामाङ लगायतको उपस्थितिमा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
दुई वडाको संयुक्त कार्यक्रमबाट विभिन्न पार्टी परित्याग गरी विभिन्न दलका १० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएका छन् । एमाले प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र)बाट पदमजंग फागो, नरबहादुर केरुङ, उमत केरुङ, चन्द्रहाङ थेबे, पूर्णध्वज ताम्लिङ, चन्द्रकुमार माङ्मु, बुद्धसिंह जबेगू र पूर्ण जबेगू, जनता समाजवादी पार्टीबाट नरेन्द्र जबेगू र नेपाली काँग्रेसबाट चहकमान लोहार रहनुभएको छ ।
नवप्रवेशीहरुले गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने, जाल झेल, षड्यन्त्र र भ्रष्टाचार गरेकाले गठबन्धनलाई छोडेर मुलुक सञ्चालन गर्ने स्पष्ट दृष्टिकोण भएको एमालेमा प्रवेश गरेको वताएका थिए । उनीहरुले एमाले उम्मेदवारहरुलाई विजयी गराउने दाबी पनि गरेका थिए ।
प्रतिक्रिया