Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बसन्तको जित उल्ट्याउने गठबन्धनको प्रयास विफल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बसन्तको जित उल्ट्याउने गठबन्धनको प्रयास विफल

समानुपातिकको बाकसमा २६ मत रुखमा र २५ मत सूर्यमा भेटियो

चिन्तन खबर

फिदिम । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि पाँचथरमा प्रत्यक्ष तर्फको मत गणना सकिदा प्रतिनिधिसभा सदस्यमा ४७ मतान्तरले पूर्व मन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ निर्वाचित हुनुभयो । उहाँले कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेलाई पराजित गराउनुभएको हो ।

प्रत्यक्षको मात्र मत गणना सकिएर निर्वाचित हुनुभएका नेम्बाङको जितलाई गठबन्धले अस्विकार गर्दै समानुपातिकको बाकस भेटिएको प्रत्यक्षमा झरेको मत गणना गरेरे जोडिनु पर्ने माग राख्यो र उक्त परिणाम पछि मात्र आधिकारीकता दिनुपर्ने तर्क राख्यो ।

अन्यत्र भन्दा फरक ढंगले निर्वाचन आयोगले पनि समानुपातिकको गणना सकिएपछि मात्र वसन्तलाई प्रमाणपत्र दिने निर्देशन दियो ।

चुनाव जितेर पनि विजयी भएको प्रमाणपत्रबाट वञ्चित गरिएका नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङलाई निर्वाचन आयोगले विजयीको सूचीबाट पनि हटायो । पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तले ३२११० मत पाएर जित्दा कांग्रेसका भीष्मले ३२०६३ मत पाउनुभएको थियो ।

यता समानुपातिकतर्फको सबै मतगणना मङ्गलवार रातिसम्म सकिँदा वसन्तको विजय कायमै रहेको छ । समानुपातिकको बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ । वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ ।

पाँचथरको प्रदेशसभाका भने दुवै सीटमा गठबन्धनबाट प्रदेश सभा क बाट नेकपा एसका कमल जबेगू र माओवादी केन्द्र इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको छ ।