काठमाडौं । किशारीको ग्रेडरको ठक्कर पछि मृत्यु भएपछि तनाबग्रस्त भएको धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थी र स्थानीयहरुले प्रदर्शन गरेको छन् ।
बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउँदको मृत्यु भएको थियो ।
स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि स्थानीय र विद्यार्थीले प्रदर्शन गरेका हुन् । साइकलमा विद्यालय गइरहेकी उनको घटनास्थलमै मृत्यु भएपछि बिहीबारदेखि नै विद्यार्थी र स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।
मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया