काठमाडौं । फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल खेलाएका रेफ्री माटेउ लाहोज कतार विश्वकपबाट घर फर्किएका छन्।
उक्त खेलमा विवादित बनेसँगै उनलाई घर फर्काइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। आफ्नो टोली सेमिफाइनलमा पुगे पनि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले लाहोजबारे प्रश्न उठाएका थिए।
उक्त खेल धेरैपटक रोकिएको थियो। सो क्रममा रेफ्री लाहोजले समग्रमा १८ पहेँलो कार्ड दिएका थिए। खेल सकिएपछि मेस्सीले दण्डित हुने डरको कारण आफूले रेफ्रीबारे कुनै टिप्पणी नगर्ने बताएका थिए।
यद्यपि फिफाले उक्त खेलमा रेफ्रीले क्रियाकलापबारे राम्रोसँग अध्ययन गर्नुपर्ने बताएका थिए। उनले रेफ्री खेललाई राम्रोसँग सञ्चालन गर्न योग्य हुनुपर्ने उल्लेख गरेका थिए।
समाचारमा उल्लेख गरिएअनुसार लाहोजले विश्वकपका बाँकी खेल खेलाउन पाउने छैनन्। यसअघि नै फिफाले अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलमा भएको घम्साघम्सीको विषयलाई लिएर दुवै टोलीलाई कारबाही गरिसकेको छ।

 



                    
                    
                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया