काठमाडौं । नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी)लाई पुरानै घरमा फर्काउन पहल गरिरहेको तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपति बन्नसक्ने हल्लाका वीच एमालेका एक बरिष्ठ नेताले यसको खण्डन गरेका छन् ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एकता वा राष्ट्रपति बनाउने कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका हुन् । ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको ज्ञवालीले प्रष्ट्याएका छन् । “त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्” ज्ञवालीले फेसबुकमा लेखेका छन् ।
एमालेभित्र आदर्श नेता मानिने ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् । “संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुने छैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन”, उनले लेखेका छन् ।
प्रतिक्रिया