पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वासाँगुमा ऐतिहासिक मेला, ऐतिहासिक भलिवल प्रतियोगिता

चिन्तन खबर

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ६ र ७ को संगम स्थल वासाँगुमा सधाझै यस वर्ष पनी द्धितिया मेलाका साथै भलिवल प्रतियोगिता हुने भएको छ । त्रिवेणी युवा क्लब, नेपालले हरेक वर्ष दिपावलीको अवसरमा लगाउदै आएको द्धितिया मेलाको अवसरमा यस वर्ष पनी अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको हो ।

शुक्रबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरेर आयोजक संस्था त्रिवेणी युवा क्लबले ऐतिहासिक मेला र प्रतियोगिताका विषयमा जानकारी गराएको हो ।
५० वर्ष अधिदेखि निरन्तरता दिदै आएको भलिवल प्रतियोगिता आगामी कार्तिक १८ गतेबाट हुने हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।  जिल्लाकै सर्वाधिक राशी रहेको भलिवल प्रतियोगिताका प्रथम पुरस्कार १ लाख २५ हजार १ सय २५ रुपैयाँ, दोस्रो नगद ७५ हजार १ सय ७५ रुपैयाँ रहेको छ । प्रतियोगिताको खेलाडीहरुलाई बिधागत पुरस्कार दिइने आयोजक संस्थाका सचिव प्रत्युस कुरुङ्बाङले जानकारी दिनुभयो ।

यस्तै मेलाको अवसरमा केः लाङ प्रतियोगिताको पनि आयोजना गरिएको छ । केःलाङ प्रतियोगिताको प्रथम हुनेले नगद १७ हजार ५ सय र द्वितिया हुनेले नगद १२ हजार ५ सय प्राप्त गर्ने मेला व्यावस्थापन समितिका अध्यक्ष अमर आङदेम्बेले जानकारी दिनुभयो ।

द्धितिया मेलाको अवसरमा बृहत सांगितिक कार्यक्रमसमेत हुने भएको छ । राष्ट्रिय स्तरका कलाकारको साथमा सांस्कृतिक कार्यक्रम हुने आङ्देम्बेले जानरकारी दिए ।
साथै लोप हुँदै गएको सिङ्खेले नाच पनि प्रदर्शन गरिने उहाँले बताउनुभयो । हरेक वर्ष मेला लाग्ने यो स्थानमा सर्वाधिक चर्चा बटुलेको चलचित्र ‘जारी’को धेरै जसो यहि स्थानका छायाङ्कन गरिएको छ । पर्यटन प्रवर्दन गर्ने मेलाको खास उदेश्य रहेको पनि आङ्देम्बेले जानकारी दिनुभयो ।