फिदिम । पाँचथरको तुम्वेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिकाको सिमानामा पर्ने तमोर नदीमा एक व्यक्तिको शव फेला परेको छ।
मंगलबार उक्त सब फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तमोर खोलाको बिच भागको उठेको माटोमा अड्किएर रहेको अवस्थामा बेवारिसे मानिसको शव फेला परेको हो ।
स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेर बोलाएका थिए।
प्रहरीले कानुनी प्रक्रिया सम्पन्न गरी शव सनाखत तथा पोस्ट मार्टमको लागि जिल्ला अस्पताल पांचथरको शव गृहमा सुरक्षीत राखिएको जनाएको छ ।
उक्त शवको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ
।
प्रतिक्रिया