पाँचथर। पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार शनिवार पुलको संरचना जडानका क्रममा अचानक भाँचिएपछि दुर्घटना भएको हो।
बेलिब्रिज भाँचिँदा काममा खटिएका निर्माण मजदुरहरु खोलामा खसेका थिए।
घाइतेहरुलाई उद्धार गरी उपचारका जिल्ला अस्पताल ल्याइदै गरेको स्थानियले बताएका छन् ।
घटनाको विस्तृत विवरण आएको छैन ।
निर्माण कम्पनी तथा सम्बन्धित सरकारी निकायबाट घटनाको आधिकारिक विवरण आउन बाँकी छ।
(यस अघि स्थानियको सूचनामा आधार बनाएर समाचार प्रकाशन भएकोमा प्रहरीको आधिकारीक पुष्टि भएपछि समाचार सच्याइएको छ । समाचारले पर्न गएको गम्भिर असर प्रति क्षमाप्रार्थि छौं । –सम्पादक )
प्रतिक्रिया