पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेवाँ खोला घटना अपडेट: घाइते ६ मध्य ३ जनाको मृत्यु, अरु घाइतेको अवस्था पनि गम्भीर

विपुल अधिकारी

पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो।

मृत्यु हुनेमा सबै बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी छन्।

मृतकको नाम यस प्रकार छ:

रुपलाल चौधरी, २२ वर्ष

राजा चौधरी, २२ वर्ष

राकेश चौधरी, २२ वर्ष

शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो।

हाल मृतक तीनै जनाको शव नोबल मेडिकल कलेज शिक्षण अस्पतालमै राखिएको छ। अन्य घाइते मजदुरहरूको अवस्था पनि गम्भीर रहेको र उपचार जारी रहेको प्रहरीले जना

एको छ ।