काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले यही मंसिर १९ गतेदेखि साधारण शेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरिने कम्पनीले जनाएको छ । निष्कासन गरिने आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । यस आईपीओ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य तोकिएको छ ।
प्रतिक्रिया