फिदिम । आगामी पुस ९ गतेबाट पाँचथरको सदरमुकाम फिदिममा दोश्रो फिदिम भेट्रान्स कप फुटबल प्रतियोगिताको हुने भएसँगै खेल तालिका पनि सार्वजनिक गरिएको छ ।
४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार, दोस्रोले ५० हजार हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता माघ ९ देखि सेमिफाइनल सम्मका खेलहरु प्रत्येक दिन २ खेल हुने जनाइएको छ । पहिलो खेल दिउसो १ बजे र दोश्रो खेल दिनको ३ बजे आयोजना हुने आयोजकले बताएका छन् ।
आयोजक क्लबसहित ८ टोलीले प्रतियोगितामा लिने आयोजकले जनाएको छ ।
फिदिम भेट्रान्स क्लबको आयोजनामा माघ ९ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको छ ।
प्रतिक्रिया