असारे झरी झर्यो हिलोमा खेलौँ,
किसानको पसिना थालमा हालौँ ।
दही चिउरा खाँदै गुनगुन गाऔँ,
खेतको माया मुटुमा सजाऔँ ।।
———————————–
छानाेमा झरी, पाखामा बाली,
किसानको सपना, खेतको डाली ।
बिउ छर्ने हात, हो शक्ति यही,
माटोको छातीमा सुनै फुली ।।
———————————-
थालोमा आफ्नै चामल मिठो,
परदेशी भात होइन स्वाभिमान ठूलो ।
कृषि आत्मनिर्भर, देशको शान,
किसानको हातमा छ हाम्रो जान ।।
————————————–
असारे गीत गाउँ खेतमा रमौँ,
दही चिउरा खाँदै प्रतिबद्धता गरौँ ।
कृषि क्रान्तिको बीज छरौँ,
माटोको इज्जत सँगै जोगाऔँ ।।
————————————-
खेतवाट पेटसम्म हाम्रो सपना,
किसानलाई इज्जत देऊ साँचो सपना ।
असार पन्ध्रको यही छ कथा,
माटोमा गर्व छ, आत्मनिर्भर राष्ट्रकाे रथ ।
असार १५, २०८२
प्रतिक्रिया