पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्गा प्रसाँईले नयाँ दल खोल्ने, निकट भविष्यमा नाम सार्वजनिक गर्ने

चिन्तन खबर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ राजनीतिक दल खोलेर राजनीतिमा आउने घोषणा गर्नुभएको छ ।

सोमबार दिउँसो आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईँले सो घोषणा गर्नूभएको हो । तर उनले नाम भने खुलाएका छैनन्, निकट भविष्यमा नै नाम समेत घोषणा गर्ने बताउनुभयो ।

‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौँ,’ उहाँले भन्नुभयो , ‘त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु ।’

तीनकुने घटनाको मुख्य दोषी मानिएका प्रसाईँ दुई साता अघि मात्रै प्रहरीको थुनामुक्त हुनुभएको थियो । उहाँले थुनामुक्त भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै राजनीतिले देश बिगारेको भन्दै आफू त्यसलाई सुधार गर्न दल खोल्ने तयारीमा रहेको बताउनुभयो ।

‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भन्नुभयो ।

त्यस्तै चैत १५ गते आफूलाई मार्ने योजना बनाइएको भन्दै सोही दिन नै ज्यान बचाउन भागेको दाबी गर्नुभयो ।