पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फाल्गुनन्दमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सिद्धदेवी मावि नवमिडाँडा प्रथम


पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका अन्तरगतका माध्यमिक विद्यालयहरु बिच भएको हाजिरीजवाफ प्रतियोगितामा सिद्धदेवी मावि नवमिडाँडा प्रथम भएको छ । फाल्गुनन्द–३ स्थित जलसिंह माध्यमिक विद्यालय चिम्फुलामा सम्पन्न भएको प्रतियोगितामा १२ वटा विद्यालयहरुलाई पछि पार्दै सिद्धदेवी माध्यमिक विद्यालय प्रथम भएको हो ।

प्रतियोगितामा फाल्गुनन्दका ११ वटा सामुदायिक र एक संस्थागत गरी १२ वटा माध्यमिक विद्यालयका कक्षा ९—१२ का विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता रहेको थियो । प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडा प्रथम, जयनारायण आदर्श मावि मेहेलबोटे द्धितिय, सारताप मनोरत्न मावि तृतीय र जनकल्याण मावि फाक्तेपले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यव्रmमका प्रमुख अतिथि जलसिंह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणि कुमार लावती, विशेष अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बहादुर तामाङ, फाल्गुनन्द गाउँपालिका शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख मेदनी प्रसाइ लगायतले नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयहरुलाई क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगितामा सहभागी सबै विद्यालयहरुलाई यातायात खर्च र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
फाल्गुनन्द गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रम जलसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।