पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमशिखर गुल्मका सशस्त्र प्रहरीलाई योग अभ्यास


पाँचथर । पाँचथरको हिमशिखर गुल्ममा २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा अधिकृत र प्रहरी जवानहरुको लागि पाँच दिवसीय योग अभ्यास संचालन गरिएको छ । सशस्त्र प्रहरी हिमशिखर गुल्मको आयोजना तथा पातञ्जल योग समिति पाँचथरको सहयोगमा पाँच दिवसीय योग शिविर संचालन भएको हो ।

माघ १ देखि ६ गतेसम्म संचलान भएको योग शिविरमा योगासन, प्राणायाम, ध्यान तथा जीवनशैली व्यवस्थापनसम्बन्धी अभ्यास गराइएको पातञ्जल योग प्रदेश समिति सदस्य तथा प्रशिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । ११ औं राष्ट्रिय योग दिवसको अवसरमा पातञ्जल योग समितिले नेपाली सेना र सशस्त्र प्रहरीहरुको लागि योग अभ्यास संचालन गर्दै आएको अधिकारीको भनाइ छ ।

पाँच दिनसम्म संचालन भएको योगले तनाव कम गर्नुका साथै अनुशासन, धैर्य र आत्मबल वृद्धि गर्न सहयोग पु¥याएको सशस्त्र प्रहरी बल पाँचथरका डियस्पी चिरञ्जीवि प्रसाईले बताउनुभयो । उहाँले सारिरिक र मानसिक रुपमा सक्षम र योग्य बनाउन भविष्यमा पनि यस्ता तालिमलाई निरन्तरता दिनेमा जोड दिनुभयो। शिविर समापन समारोहका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले निरन्तरको योग अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने भएकाले निरोगी बन्न योग गर्नुपर्ने बताए ।

गुल्मले पाँच दिनसम्म निशुल्क योग संचालन गरी सहयोग गरेको भन्दै प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो । योग शिविर पातञ्जल योग समिति पाँचथर अध्यक्ष हेमप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।