काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १६ सयले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ४हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पश्चिम एसियामा जारी युद्धसँगै सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ ।
तस्बिर: AI बाट तयार गरिएको हो ।








प्रतिक्रिया