पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा तीज गीत ‘आउ नाचम ठुली’को छायांकन हुँदै

चिन्तन खबर

जापान, होक्काइदो। नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत “आउ नाचम ठुली” को म्युजिक भिडियो जापानको होक्काइदोस्थित एनिवाको हानाफुरु पार्क मा छायांकन गरिने भएको छ।

निर्माण टोलीका अनुसार गीतमा स्वरः दिपिका ब्याम्बुको रहेको छ। दिपक अर्याल शब्द र लयमा रहेको गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गीतको रेकर्डिङ मालाश्री स्टुडियो र डिजिटर स्टार स्टुडियो मा सम्पन्न भएको छ।

म्युजिक भिडियोको छायांकन आगामी १२ तारिख (शनिबार) बिहान ९ बजेबाट सुरु हुने दीपक अर्यालले जानकारी दिनुभयो ।

यस अवसरमा होक्काइदोमा बसोबास गर्ने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा विशेष रूपमा दिदीबहिनीहरूलाई छायांकनमा सहभागी भई तीजको उल्लासलाई अझ भव्य बनाउन हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

छायांकन सम्पन्न भएपछि यो तीज गीत Dipak Aryal Official YouTube Channel मार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
यस अघि अर्यालका रचनामा रहेका गीत भंगेरी चरी, आमाको काख प्यारो बरिलै, दशैको गित “पार्सल” लगायत गीत निकै चर्चित छन् ।

विदेशी भूमिमा नेपाली संस्कृति, परम्परा र तीज पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ जापानमा हुन लागेको यस तीज गीतको छायांकनले होक्काइदोमा रहेका नेपाली समुदायबीच विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ।

तस्वीर: AI बाट तयार गरिएको हो ।