पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करेन्ट लागेर फाल्गुनन्दका लिम्बूको मृत्यु


यासोक। पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ का ३० वर्षीय दिप लिम्बू (काङश्वरहाङ) को करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो १२ः३० मा फाल्गुनन्द–६ वसाँगुका शम्सेर आङदेम्बेको शौचालय निर्माण गर्ने क्रममा लिम्बूलाई करेन्ट लागेपछि उनको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शौचालय छेउमै रहेको विद्युतको ट्रान्सफर्मरबाट तार लथ्रिएको थियो ।

लथ्रिएको तारमा पिलर राख्ने क्रममा छोएपछि करेन्ट लागेको स्थानीयले बताएका छन । लिम्बूको शब पोष्टमाटमको लागि जिल्ला अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।