Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा २६ वडामा मतगणना सम्पन्न (सूचिसहित) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा २६ वडामा मतगणना सम्पन्न (सूचिसहित)

विपुल अधिकारी

फिदिम । आठ वटा स्थानीय तह र ६० वटा वडा रहेको पाँचथरमा आइतवार बेलुकी १० बजेसम्ममा २६ वटा वडाको मतगणना कार्य सम्पन्न भएको छ । यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।

मतगणनाबाट प्राप्त परिणामअनुसार हालसम्म पाँचथरमा नौ वटा वडामा विजय हाँसिल गर्दै नेकपा (एमाले) अग्रस्थानमा छ । तर अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वार अगाडि छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतसँग गठबन्धन गरेको नेपाली काँग्रेसले हालसम्म सात वटा वडामा विजय हाँसिल गरेको छ । माओवादी केन्द्रले हालसम्म पाँच वटा वडामा विजय हाँसिल गरेको छ । यस्तै एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक वडामा विजय हाँसिल गरेका छन् । जिल्लाका दुई वटा वडामा स्वतन्त्र उम्मेद्वारले विजय हाँसिल गरेका छन् ।

हेर्नुहोस् हालसम्म विजय प्राप्त गर्ने वडाध्यक्षहरुको विवरणः

याङवरक गाउँपालिका
वडा नं. १ – राजेन्द्र खालिङ राई (नेकपा एमाले)
वडा नं. २ – देउकुमार योङहाङ (गठबन्धन, नेपाली काँग्रेस)
हिलिहाङ गाउँपालिका
वडा नं. १ – सन्तोष लिङदेन (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. २ – भीमप्रसाद हेम्ब्या (नेकपा एमाले)
वडा नं. ३ – वीरेन्द्रकुमार योङहाङ (नेकपा एमाले)
वडा नं. ४ – धनपति गिरी (गठबन्धन, एकीकृत समाजवादी)
फालेलुङ गाउँपालिका
वडा नं. १ – टेकबहादुर गुरागाँई (स्वतन्त्र)
वडा नं. ६ – अमरवीर राई (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. ७ – टेकबहादुर केरुङ (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. ८ – श्रीहाङ केरुङ (गठबन्धन, माओवादी केन्द्र)
फिदिम नगरपालिका
वडा नं. १ – गजाधर भट्टराई (नेकपा एमाले)
वडा नं. २ – दीननाथ अधिकारी (नेकपा एमाले)
वडा नं. १३ – दिलकुमार नेम्वाङ (गठबन्धन, माओवादी केन्द्र)
वडा नं. १४ – राजकुमार नेम्वाङ (गठबन्धन, माओवादी केन्द्र)
कुम्मायक गाउँपालिका
वडा नं. १ – देवेन्द्रकुमार लाओती (गठबन्धन, जसपा)
वडा नं. २ – बालकृष्ण शेर्मा (गठबन्धन, एकीकृत समाजवादी)
वडा नं. ३ – बावुराम कार्की (नेकपा एमाले)
वडा नं. ४ – फगेन्द्रकुमार सम्बाहाम्फे (नेकपा एमाले)
तुम्बेवा गाउँपालिका
वडा नं. १ – धनबहादुर कार्की (गठबन्धन, माओवादी केन्द्र)
वडा नं. २ – धनकुमार लावती (नेकपा एमाले)
फाल्गुनन्द गाउँपालिका
वडा नं. १ – होमप्रसाद आङदेम्बे (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. २ – सन्तोष नेम्वाङ (गठबन्धन, नेपाली काँग्रेस)
वडा नं. ३ – सुखवीर नेम्वाङ (गठबन्धन, नेपाली काँग्रेस)
मिक्लाजुङ गाउँपालिका
वडा नं. १ – घनेन्द्र आङदेम्बे (स्वतन्त्र)
वडा नं. ७ – हेमचन्द्र रेग्मी (गठबन्धन, माओवादी केन्द्र)
वडा नं. ८ – रामेश्वर वाजी (नेकपा एमाले)