पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान सरकारले यातायात क्षेत्रलाई नजरअन्दाज गर्योः पूर्वमन्त्री नेम्बाङ्ग

चिन्तन खबर

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले वर्तमान सरकारले यातायात र पूर्वाधारका क्षेत्रलाई नजरअन्दाज गरेको बताउनु भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमाथीको छलफलमा बोल्दै उहाँले यातायात क्षेत्रमा वर्तमान सरकारले बजेटको यथोचित व्यवस्था गर्न नसकेको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो–‘अहिलेको बजेट हेर्दा दुःख लाग्छ । अहिलेको सरकार रेल चलाउने पक्षमा छैन । रेल चलाउन चाहदैन भन्ने सन्देश दिइराखेको छ । जनकपुरसम्म चलेको रेललाई बर्दीबाससम्म चालउँछौ भनेर बजेट ल्याउन नसक्ने यो कस्तो सरकार हो ?’

उहाँले कात्र्तिक १ र २ मा गएको पहिरोले क्षतविक्षत भएका सडकहरु मर्मतमा सरकारको मन्त्रीले चासो नदिएको प्रस्ट देखिएको समेत उल्लेख गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो–‘मन्त्री जी के गर्दे हुनुहुन्छ ? के कर्मचारी को सरुवा र बढुवामानै ध्यान दिनुभएको हो ?’

उहाँले दिगो आर्थिक विकासमा सरकारले ध्यान नदिएकोसमेत आरोप लगाउनुभएको छ । राष्ट्रिय राजमार्ग, हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग, काँकडभिट्टादेखि गड्डा चौकी राष्ट्रिय राजमार्ग, पुष्पलाल राजमार्गलगायतका राजमार्गहरु स्तरउन्नतीका लागि वर्तमान सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले यातायात क्षेत्रको नयाँ पहिचान गर्नुपर्ने समेत बताउनु भएको छ । जलमार्गलाई विकास गर्नुपर्ने, पानीजहाज मार्फत भरपर्दो ढंगले आयात निर्यात गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

देश विकासलाई द्रुत गति दिन ठूलाठूला भौतिक पूर्वाधारका क्षेत्रलाई अगाडी बढाउनु बजेट विनियोजन हुनु पर्नेमा यो सरकार चुकेको समेत आरोप लगाउनु भयो ।