Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
भौतिक पूर्वाधारका महत्वपूर्ण शिर्षक पूर्वाग्रही ढंगबाट हटाइए : पूर्वमन्त्री नेम्बाङ (भिडिओ) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

भौतिक पूर्वाधारका महत्वपूर्ण शिर्षक पूर्वाग्रही ढंगबाट हटाइए : पूर्वमन्त्री नेम्बाङ (भिडिओ)

‘बैकल्पिक सहायक राजमार्गहरुको भविष्य अब खतरामा पर्यो’

विपुल अधिकारी

काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी बजेटको उप–शिर्षकमा पूर्वाधारको क्षेत्रमा निरास पैदा हुने खालको बजेट विनियोजन भएकोमा आक्रोश व्यक्त गर्नुभएको छ।

प्रतिनिधिसभामा खर्च कटौतीको विषयको प्रस्तावका तर्फबाट बोल्दै नेम्बाङले महत्वपूर्ण विषयहरु पूर्वाग्रही ढंगबाट हटाइएको दाबी गर्नुभएको हो।

उहाँले भन्नुभयो– ‘कतिपय उपशिर्षकहरु हेर्दा निरास पैदा हुन्छ। कतिपय शिर्षकहरु पूर्वाग्रही ढंगले हटाइएको छ। कतिपय शिर्षकमा रकम विनियोजन गरिएको छ । यो सरकारले आवश्यक बजेट छुट्टाउन त सकेको छैन। भएका पनि हटाइएको छ। यो पूर्वाग्रही, भौगोलिक असन्तुल र विरोधाभास छ।’

‘आवश्यक र महत्वपूर्ण शिर्षकमा बहुत कम बजेट छुट्याइएको छ, जसले ति निर्माण आयोजनाहरु यो साल निर्माण हुन सक्दैन भन्ने ग्यारेन्टी गरेको छ। त्यसैले सरकारले भौतिक मन्त्रालय अन्तरर्गत गरिएको बजेट विनियोजनका विषयलाई समर्थन गर्ने आधारहरु पाउँदैनौ। त्यसैले यो मन्त्रालय अन्तरर्गत बजेट शिर्षक ३३७०११६९ अन्तरर्गत सहायक बैकल्पिक राजमार्ग विकास कार्यक्रमको शिर्षक बजेटमा एक रुपैयाँ कायम गरियोस।’ उहाँले प्रस्ताव पेश गर्नुभयो।

प्रस्ताव पेश गर्दै नेम्बाङले भन्नुभयो – ‘बजेट कार्यान्वयन हुन सक्दैन। तीन वर्ष अघि फर्केर हेरौं २०७७/०७८मा १२८ अर्ब विनियोज भएको थियो। जम्मा पूँजीगत खर्च ६८ प्रतिशत प्राप्त गर्यौं । त्यसपछि अहिलेको चालु आर्थिक वर्षमा १३७ अर्व र पछि संसोधनमा १४६ अर्ब बजेट विनियोज भएको थियो तर ३८ प्रतिशत मात्र खर्च भएको छ। अर्थमन्त्री भन्नुहुन्थ्यो ७९÷८० प्रतिशत हुन्छ भन्नुहुन्थ्यो। त्यस्तो अवस्था छैन । अहिले विनियोज भएको बजेट ५० प्रतिशत पनि खर्च हुन सक्दैन् । त्यसैले हाम्रो विरोध हो ।’

‘ठुलठुला राष्ट्रिय महत्वका आयोजना छदै छन् । यीसँगका अन्तरआवद्दता गर्न अत्यन्त महत्वपूर्ण बाटोहरु बनाउन भौगोलिक सनतुलन मिलार्यौं । तराईमा तराईमा–मधेश पूर्वाधारका विशेष कार्याक्रम सुरु गर्यौं । पहाडमा पूर्वाधार विशेष कार्याक्रम भनेर सुरु गर्यौं । १४ सय वटा कार्याक्रमा राख्यौं । क्षत्रिय सन्तुलन पुगोस भनेर प्रतेक निर्वाचन क्षेत्रमा १०–१० करोड विनियोजन गर्यौं । यो सरकार आउनै वितिकै खारेज गर्यौ । पूर्वाग्राही नभनेर के भन्ने रु’ उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो– ‘साना आयोजना प्रदेशमा पठाउने, स्थानीय तहमा पठाउने भनिन्छ । अनि, ठुलठुला राष्ट्रिय महत्वका आयोजना बाहेक सडकलाई विकास गरेर २/३ जिल्लामा कनेक्टीभिटी बढाउन, बोर्डहरुमा कनेक्टीभिटी बढाउनका, अत्यन्तै सांस्कृतिक महत्वका बढाउने बाटोहरुका निम्ति बैकल्पिक सहायक मार्गहरु सुरु गरेका थियौं । यीहरुलाई कटाएर उतापटी अर्को ढ्वाङ देखाएर बैकल्पिक सहायक राज मार्गहरुलाई ८०२ वटा बनाइएको छ । अनि ति सबै कटाइएको आयोजनालाई ३० लाख, ५० हाल, १ करोडका मात्र ८०२ वटा बनाइएको छ यो के हो ?’

उहाँले ध्यानाकर्षण गराउँदै भन्नुभयो– ‘माननिय भौतिक पूर्वाधार मन्त्रीको जिल्लामा ३४ वटा आयोजना राखिएको यो के हो ? कोशी देखि पारी अरु कट्न पाएको छैन । एकातिर नीतिगत कुरा गर्न अर्कोतिर जाल झेल गन ? ।’

‘त्यसैले बैकल्पिक सहायक राजमार्गहरुको भविष्य अब खतरामा पर्यो, निर्माण हुन सक्दैन यसको जवाफ सरकारले दिनुपर्दछ ? सरकारकोे भौतिक पूर्वाधारको क्षेत्र लाई अस्त व्यस्तरुपमा अगाडि बढाइएको हुनाले मन्त्रालयको प्रगति पर्याप्त हुन नसक्ने भएकाले १ रुपैया बजेट राखेर विरोध जनाएको छौं।’–उहाँले भन्नुभयो ।