Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बाढी पहिरोबाट जोगाउन पूर्व तयारी भएन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बाढी पहिरोबाट जोगाउन पूर्व तयारी भएन

चिन्तन खबर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले वर्षायाम सुरुभएसंगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गर्नुभयो । उहाँले भन्नुभयो “चट्याङ, बाढी पहिराले देशमा धेरै भू–भागमा धनजनको क्षति पु¥याइरहेको छ । सरकारको पूर्वतयारी, उद्धार तथा प्रभावकारी पुनःस्थापनाको कार्यक्रम छैन । ”

सांसद भूपेन्द्रबहादुर थापाले वर्षायाम समय सुरु भएर बाढी पहिरो आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि पूर्व तयारी नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई उद्धार र राहतमा ध्यान दिन माग गर्नुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले पृथ्वीराजमार्गको डम्पिङ भन्ने ठाउँमा पहिरो खस्दा आवागमन बन्दा भएको र स्थानीय तथा प्रादेशिक सरकारको समन्वयमा राजमार्ग खुलाउन पहल भइहरहेको बताउनुभयो ।

सांसद राजेन्द्रकुमार राईले धान रोप्ने समयमा किसान मल नपाएर अप्ठ्यारोमा परेका छन् भन्नुभयो । सांसद विमला विकले वर्षायामसँगै किसानलाई मल चाहिन्छ भन्ने कुरा सरकारलाई जानकारी भएपनि प्रत्येक पटक मल पाउन मन्त्री नै खोज्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रप्रसाद लिङ्देन र महेन्द्रकुमारी लिम्बूले झापा कलम गाउँपालिकामा रेल निर्माणका लागि रोक्का गरेर राखेको जग्गा फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद महेश बस्नेतले सरकारले डिजेल र पट्रोलको मूल्य , निर्माण क्षेत्रमा २५ प्रतिशत सामग्री मूल्य बृद्धि गरेकोमा आपत्ति जनाउँदै जनतालाई राहत दिने कार्यक्रम ल्याउन सरकारसंग माग गर्नुभयो ।

मीनबहादुर विश्वकर्माले यही जेठ २० गते ललितपुरमा गुरुकूलले जात सुनार भन्ने थाहा पाएपछि विद्यार्थीले पढ्न नदिएको र सामाजिकरूपमा छुवाछूत फैलाउने गुरुकूलका प्राचार्य तेजप्रसाद भट्टराई पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मीना सुब्बाले कृषकले माना रोपेर मुरी उब्जाउने बेलामा समयमा मल नपाउने कारणले गर्दा मारमा पर्ने गरेको हुँदा समयमै किसानलाई मलको व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद रामवीर मानन्धरले काठमाडौँको फोहरमैला व्यवस्थापन गर्न जरुरी रहेको र त्यसका लागि संसदीय समितिले आफूलाई अध्यक्ष बनाएर जिम्मा दिएमा आफूले गरेर देखाउने जानकारी दिनुभयो ।

सांसद रङ्गमती शाहीले अवैधरूपमा नेपालीलाई खाडी मुलुक र अन्य मुलुकमा समेत मानव तस्करी हुने गरेकोप्रति अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेनुका गुरुङले सांसदले खानेपानी खान पाउनुपर्ने र जुनसुकै स्थानमा पनि जानका लागि रोक लगाउन नहुने बताउनभुयो ।