काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ । राष्ट्रियसभा गृहमा आज आयोजित घोषणा कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गर्नुभएको हो ।
उहाँले पार्टीको घोषणासँगै आफ्नो राजनीतिको पहिलो पाइला भएको भन्नुभएको छ । उहाँले आफुले सुरु गर्न लाग्नुभएको पार्टी पुराना पार्टी भन्दा फरक हुने दावी गर्नुभएको छ ।
उहाँ पार्टी दर्ताका लागि आजै निर्वाचन आयोग जादै हुनुहुन्छ । उहाँले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरूलाई सो पार्टीमा समावेश हुन पनि आग्रह गर्नुभएको छ ।
उहाँले पार्टीको चुनाव चिन्ह घण्टी माग गर्ने बताउनुभएको छ ।
प्रतिक्रिया