Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कोरोना भाइरसबाट थप ९७० सङ्क्रमित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कोरोना भाइरसबाट थप ९७० सङ्क्रमित

चिन्तन खबर

नयाँदिल्ली । २४ घण्टाको समयावधीमा भारतको दिल्ली शहरमा कोरोना भाइरसबाट थप ९७० सङ्क्रमित भएका दिल्ली सरकारले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा जानकारी दिएको छ ।

सो बुलेटिनका अनुसार २४ घण्टाको समयावधीमा एक हजार २३८ जना कोरोनाका बिरामी निको भएका छन् । यस शहरमा कोरोना शुरु भएबाट हालसम्म १८ लाख ६५ हजार ७५५ जना कोरोनाका बिरामी निको भएका समाचारमा जनाइएको छ ।

दिल्ली शहरमा कोरोनाको महामारीबाट उक्त समयमा एक व्यक्तिको मृत्यु भएको छ । यस शहरमा कोरोना शुरु भएदेखि हालसम्म २६ हजार १८४ जनाले ज्यान गुमाएका छन् । यस शहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०२ जना रहेका जनाइएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३४ लाख भन्दा बढी पुगेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । दिल्ली शहरमा मात्र तीन करोड ३८ लाख एक हजार ६८७ डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।