पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चाररातेमा चौँरी महोत्सव, हेर्नुहोस् तस्वीरमा

चिन्तन खबर

दुर्गा खनाल

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकामा स्थित चाररातेमा चौँरी महोत्सब जारी छ ।

महोत्सवमा ५ सय चौँरी तथा याकको प्रजातिहरूको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागी ल्याइएको याकको प्रदर्शनी, चौँरीबाट उत्पादित वस्तुहरूको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी रहेको छ ।

महोत्सवमा फालेलुङ क्षेत्रमा पाइने जडीबुटीहरू , स्थानीय संस्कार संस्कृति झल्कने परिकारहरू, भेडाको उनबाट निर्मित सामाग्रीहरूको बिक्री, गोठस्टेको अनुभव , उत्कृष्ट चौँरी पालक कृषक सम्मान, पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरुको आकर्षण देख्न सकिन्छ ।

महोत्सव कञ्चनजंघा भू– परिधि संरक्षण तथा विकास पहल नेपालको प्रवर्धनमा फालेलुङ कञ्चनजङ्घा पर्या पर्यटन प्रवर्धन संस्था, दिपज्योती युवा क्लब र कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्थाले आयोजना गरेका हुन् ।

महोत्सवमा नेपाल, भारत तथा भुटानका पर्यटकहरू यहाँ आएको देख्न सकिन्छ ।