Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एउटै मञ्चमा केपी ओलीदेखि राजेन्द्र लिङ्देनसम्मः कसले के भने ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एउटै मञ्चमा केपी ओलीदेखि राजेन्द्र लिङ्देनसम्मः कसले के भने ?

विपुल अधिकारी

काठमाडौं । शनिबार काठमाडौंमा नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले नेपालको भुराजनीतिक अवस्थाः चुनौती र अबको बाटोको विषयमा विचार गोष्ठीको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी ओली देखि राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि हुनुभएको छ । कार्यक्रममा राप्रपामा अध्यक्ष लिङ्देन, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका बरिष्ठ नेता नारयाणकाजी श्रेष्ठ, नेपाली कांग्रेका नेता चन्द्र भण्डारी र एमाले अध्यक्ष ओलीले विचार प्रकट गर्नुभएको छ ।

वामपन्थी एकता र तालमेल चाहनेहरु एकताका लागि आउनुहोस्ः अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता र तालमेलका लागि गठबन्धन छोडेर आउन आग्रह गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरु एकै ठाँउ हुनुपर्ने धारणा राखेपछि ओलीले कांग्रेसको पुच्छर हुन छोडेर एकताका लागि आउन आग्रह गर्नुभएको हो ।

ओलीले भन्नुभयो– ‘यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न,गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु । चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मद्दा हाल्न गएको होइन वामपन्थी ? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?

राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु पर्छः नारायणकाजी श्रेष्ठ

कार्यक्रममा सहभागि माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो– असंलग्न परराष्ट्र नीति लिनु लिदै यसमा सबै राजनीतिक दलको एक्यवद्धता हुनुपर्छ ।’

उहाँले भन्नुभयो– ‘नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै छन् । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा अक्रमण भइरहेको छ । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले सहज हस्तक्षेप गर्दछन् ।’

यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको साथः यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पन्चशिलको सिद्धान्त विपरित भू–राजनीतिक नीति सुरु भएकोे आशंका व्यक्त गर्नुभएको छ । उहाँले कार्यक्रममा बोल्दै नेपालले सबैको छिमेकी र कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु नहुनेसमेत बताउनुभएको छ ।

मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरूसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवद्र्धन गर्नसक्नु पर्ने यादवको भनाई थियो ।
यादवले केपी ओलीलाई सत्ताबाट हटाउन विदेशी शक्तिको पनि साथ रहेको खुलासासमेत गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भूराजनीतिले ओलीलाई पूर्वप्रधानमन्त्री बनाइदिएको टिप्पणी गर्नुभएको हो ।
‘हाम्रोमा भूराजनीतिको प्रभाव छ र राजनीतिक अस्थिरताको कारण पनि त्यही हो । पूर्वप्रधानमन्त्री केपी ओलीजी यहाँ हुनुहुन्छ । म पनि उहाँको क्याबिनेटमा उपप्रधानमन्त्री थिएँ । म पूर्व भएको केही समयपछि उहाँ पनि पूर्व हुनुभएछ । यसमा भूराजनीतिक प्रभाव पनि छ ।’ उहाँले सम्बोधनको क्रममा भन्नुभयो ।

नेपालको परराष्ट्र सम्बन्ध कमजोर भयोः लिङ्देन

कार्यक्रममा सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको परराष्ट्र सम्बन्ध कमोजोर भएको बताउनु भएको छ ।

उहाँले रसुगौली सन्धीपछि नेपालमा पछिल्लो दुई वर्षयता पहिलो पटक नेपालको परराष्ट्र नीति कमजोर भएको बताउनुभएको हो ।

उहाँले दुई देशबीचको सम्बन्ध गोलबारुदबाट मात्रै टाढा हुने होइन उनीहरुसँगको व्यवहार, सत्ताका लागि जे पनि विषयमा सम्झौता गर्दा हस्तक्षेप हुने गरेकोसमेत बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘जबसम्म राष्ट्रहित र राष्ट्रिय स्वार्थमा नेताहरु रहन्छन् त्यसपछि हस्तक्षेप नहुने उनको भनाइ छ ।’

सहायतको नाममा विकासको नाममा साँस्कृतित क्षेत्रमा जुन प्रकारको हस्तक्षेप भइरहेको त्यसविरुद्ध सबै राजनीतिक दलका नेता एकै ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो ।

सडकमा ढुंगा मुढा गरेर कुटनीति हुँदैनः भण्डारी

कांग्रेसका नेता चन्द्र भण्डारीले सडकबाट ढुंगा मुढा गरेर कुटनीति सम्बन्ध नहुने बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले दुई ठूला देशको विचको सम्बन्धलाई विभन्न खाले गालि गलौज गरेर नहुने बताउनु भएको हो ।

उहाँले केपी ओली सरकारका वेला नेपालको नक्सा चुच्चे नक्सा बनेको भन्दै ओलीको प्रसंसा गर्नुभएको थियो ।

नेचिप्स नेपालको नयाँ कार्यसमिति चयन

त्यस्तै नेचिप्स नेपालको १२ औं साधारण सभाबाट नयाँ कार्यसमिति समेत चयन भएको । नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्र गौतम चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा गणेश सिंह ठगुन्ना, महासचिवमा रिनन पोख्रेल, सचिवमा डा. कल्याण रोक्का र कालिका पाठक, कोषध्यक्षमा संघर्ष विष्ट चयन हुनुभएको छ ।

कार्यक्रममको अध्यक्षता नेचिप्सका अध्यक्ष पूर्वमन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको हो । नयाँ पदाधिकारीलाई कार्यक्रममा प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर सम्मान गर्नुभएको छ ।