काठमाडौं । न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गरेको छ ।
उनीहरूले गरेको कार्यसम्पादन मूल्यांकन हुँदा ‘गम्भीर न्यायिक विचलन’ देखिएकाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय बैठकले गरेको हो ।
न्यायपरिषद्मा न्यायाधीशमाथि परेको उजुरी छानबिन क्रममा सोमबार न्यायाधीश निधि र शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।
प्रतिक्रिया