काठमाडौं । कस्तुरीको बिना प्रकरणमा प्रहरीले पक्राउ गरेका पाँचथरका शिव लिम्बुलाई प्रहरीले रिहा गरेको छ । १२ दिनपछि लिम्बु निर्दोश सावित भएपछि प्रहरीले उनलाई रिहा गरेको हो ।
काठमाडौंका. चावहिबाट कस्तुरीको बिना लुकाएको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो । प्रहरीले लिम्बुलाई पक्राउ परेका वेला सीसीटिभिमा सम्पुर्ण गतिविधि कैद भएको थियो । सोहि सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दा लिम्बु निर्दोश सावित भएपछि प्रहरीले रिहा गरेको हो ।
प्रहरीले सिसिटिभि फुटेज सार्वजनीक भएपछि शंकास्पद भएको भन्दै उक्त घटनाका विषयमा अनुसन्धान गर्न छानमिन समिति गठन गरेको थियो । उक्त गठित समितिले लिम्बु निर्दोश भएको पुष्टि गरेको हो ।
छानविन समितिको निष्कर्षपछि जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंको साउन २ गते लिम्बु निर्दोष रहेको ठहर गर्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।
घटना पेचिलो र रहस्यमय देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसपी दिलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन ग–यो र ५ दिनमा शिव लिम्बुलाई निर्दोष फसेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
लिम्बुलाई फसाउन पाँचथरकै आदम भन्ने सुवाष राईले शिवलाई फसाउन योजना बनाएको उत्त समितिको छानमिन पछि पुष्टि भएको छ । राईको योजनामा कृष्ण श्रेष्ठले लिम्बुको बाइकमा कस्तुरीको बिना जस्तै देखिने बस्तु लिम्बुको बाइकमा राखेका थिए । उक्त बस्तु कस्तरीको बिना नभएर बाख्राको छालामा पर्फ्र्युम भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जाँच गरेपश्चात पुष्टि भएको छ ।
उक्त प्रकरणमा कस्तुरीको नक्कली बिना बनाएर राख्ने योजना बनाउने सुवास राई अहिले फरार छन् । नक्कली बिना राख्ने श्रेष्ठलाई भने प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया