Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा किसानको लाखौं रुपैयाँ ठगेर डेरी ब्यवसायी सम्पर्कविहीन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा किसानको लाखौं रुपैयाँ ठगेर डेरी ब्यवसायी सम्पर्कविहीन

विपुल अधिकारी

फिदिम । पाँचथरमा किसानको लाखौं रुपैयाँ रकम ठगेर एक डेरी ब्यवसायी सम्पर्कविहीन भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् ।

कृषक तथा ब्यवसायीहरुलाई लाखौं रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् । सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले वताएका छन् । ब्यवसायी हमाल र उनकी श्रीमतीको मोवाइल स्वीचअफ गरिएको तथा उनीहरुको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा ब्यवसायीले प्रहरीमा खोजीका लागि निवेदन दिएका छन् ।

हमालले फिदिम नगरपालिका वडा नं. २, ३, ५, ७, ८, १४, फाल्गुनन्द गाउँपालिका वडा नं. १, ३, ४ लगायत वडाका सयौं कृषकहरुको दूध सङ्कलन गरी घ्यू र छुर्पी उत्पादन गर्दै आएका थिए । उत्पादित दूग्ध सामग्री उनले फिदिमको सिदिन डेरी उद्योगमा विक्री गर्दथे ।

कृषकहरुबाट सङ्कलन गरेको दूधबाट उत्पादित सामग्री फिदिममा विक्री गरी रु. ६५ लाख कृषकलाई वितरण गर्न भनि लगेपछि उनी फरार भएको सिदिन डेरी उद्योगका सञ्चालक गोपाल रिजाल लगायतले प्रहरी उजुरी दिनुभएको हो । हमालले डेरी सञ्चालनका लागि रिजालबाट थप रु. १६ लाख, अन्य ब्यवसायी तथा कृषकहरुबाट समेत लाखौं रुपया लिई हमाल फरार भएको निवेदकहरुले जनाएका छन् ।

ब्यवसायी रिजाल, फिदिम–२ का कृषक तिवेन्द्र शर्मा अधिकारी, हमालले सञ्चालन गरेको डेरी उद्योगका कर्मचारी फिदिम–३ का सुरेन्द्र राई लगायतले जिल्ला प्रहरी कार्यालय पाँचथरमा हिँजो निवेदन दिएका हुन् । ब्यवसायी हमाल फरार भएको भनि प्रहरीमा निवेदन परेको र खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

हमालले गत फागुन १४ गते फिदिम नगरपालिकामा डेरी उद्योग दर्ता गरी ब्यवसाय सुरुआत गरेको पाइएको छ । उनले करदाता सेवा कार्यालय फिदिममा ब्यवसायको स्थायी लेखा नम्बर समेत लिएको पाइएको हो ।

कृषकहरुले उनको खोजी गरी आफूहरुको रकम फिर्ता गराइदिन माग गरेका छन् । फिदिममा ब्यवसाय सुरुआत गरेको छोटो समय भएतापनि स्थानीय डेरीमा विक्री हुनेभन्दा प्रतिलिटर रु. ५ बढी दिने आश्वासन दिई हमालले यस क्षेत्रमा उत्पादित दूध आफ्नो डेरीमा ल्याउन सफल भएको बुझिएको छ ।