Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
राँके-रवि-भेडेटार सडकः सम्बन्धित क्षेत्रका ६ सांसदद्वारा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्दै ठेक्का तोड्न माग « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

राँके-रवि-भेडेटार सडकः सम्बन्धित क्षेत्रका ६ सांसदद्वारा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्दै ठेक्का तोड्न माग

७ दिन भित्र निर्णय लिने मन्त्री राईको प्रतिकृया

विपुल अधिकारी

काठमाडौं । प्रदेश नं. १ का ६ जना संघीय सांसदहरुले वहुचर्चित राँके–रवि–भेडेटार सडक कालोपत्रेको ठेक्का रद्द गरी ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्दै नयाँ ठेक्का प्रकृया अघि बढाउन माग गर्नुभएको छ ।

निर्माण कार्य पूरा गर्न र जनतामा सडक योजनाको निर्माण कार्य पुरा हुनेछ भन्ने विश्वास दिलाउन नेकपा (एमाले) संघीय संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित संघीय संसद् सदस्य वसन्तकुमार नेम्वाङ, राजेन्द्रकुमार राई, जयकुमार राई, घनश्याम खतिवडा, संविधान सभा सदस्य टीकाराम चेम्जोङ, मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ग सहितले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई भेटेर उक्त माग गर्नुभएको हो ।

उक्त विषयमा संसदमा कुरा उठेपछि आफुले यस विषयमा अध्ययन गरेको मन्त्री राईले बताउनु भएको छ । प्रतिनिधि मण्डललाई जवाफ दिँदै राईले भन्नुभयो, “अब यो बारेमा सोच्ने बेला भएको छ । दुई–दुई पटक म्याद थप भएको छ । यसबारे ७ दिन भित्र निर्णय लिनेछु । ठेक्का तोड्ने बा अन्य केही गर्ने भन्ने विषयमा प्रकृया अघि बढाउने छु ।”

उक्त सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले ठेक्का लिएको थियो । १०१ किलोमिटर कालोपत्रे गर्नुपर्ने भएपनि निर्माण कम्पनीले वेवास्ता गरेपछि उक्त माग पेश गरिएको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले बताउनुभयो ।

त्यस्तै उहाँहरुले सुनसरी जिल्ला धरान–लेवती सुरुङमार्ग निर्माणका लागि डिपिआर गरी अगाडि बढाउनसमेत माग गर्नु भएको छ । ६ किलोमिटर डबल लेनको सुरुङ मार्ग विगत आर्थिक वर्षदेखि अध्यययनका काम अघि बढेकाले डिपिआर अघि बढाउन माग गर्नुभएको हो ।

यो सुरुङमार्गले विराटनगर नाका जोगवनीदेखि धरान हुँदै तमोर कोरिडोरमा जोडिने र त्यसबाट छिमेकी मुलुक भारतको सिक्किम र चिनको स्वशासित क्षेत्र तिब्बतदेखि टिप्तलासम्मको यातायातमा सहच पहुच पुग्ने भएकाले महत्वपूर्ण रुपले हेरिएको छ ।

साथै मोरङ, धनकुटा, तेह्रथुम, संखुवासभा जिल्लासमेतलाई यातायातमा सहज सेवा पुर्याने उदेश्य मध्येको पूर्व पश्चिम राजमार्ग खोर्साने (मोरङ)–केराबारी–सिंहादेवी–संम्वेवा(धनकुटा)–अठारसय–फलामेटार त्रिवेणी–काजीमाने–छथर जोपाटी(धनकुटा) वैकल्पिक सहायक मार्गमा बजेट थप गर्न समेत माग गर्नुभएको छ ।