Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँच दलको गठबन्धन ब्यक्तिगत स्वार्थ पूरा गर्न बनेको होः उपाध्यक्ष नेम्वाङ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँच दलको गठबन्धन ब्यक्तिगत स्वार्थ पूरा गर्न बनेको होः उपाध्यक्ष नेम्वाङ

चिन्तन खबर

फिदिम । संविधासभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा (एमाले)का उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तारुढ पाँच दलीय गठबन्धन ब्यक्तिगत स्वार्थ पूरा गर्न बनेको वताउनुभएको छ । एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकिने भएपछि मुलुकको हित नचाहने शक्तिहरुले गठबन्धन गरेर देशलाई लथालिङ्ग बनाएको नेम्वाङको भनाई छ ।

प्रेस चौतारी नेपाल पाँचथर शाखाले आज विहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले गठबन्धन सरकारले गठबन्धन कायम राखेर सबै कुरा भताभुङ्ग बनाएको वताउनुभयो । गठबन्धनका क्रियाकलाप संविधान, कानून र परम्पराको विरुद्धमा रहेको उहाँले वताउनुभयो ।

मिश्रित निर्वाचन प्रणालीमा गठबन्धन र तालमेल स्वभाविक हुने भएपनि संसदीय प्रणालीमा गठबन्धन मूल्य र मान्यतामा आधारित भएर मात्रै हुनसक्ने नेम्वाङको भनाई छ । “अहिलेको गठबन्धन ब्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गरिएको छ”, नेम्वाङले भन्नुभयो, “एमाले एक्लै निर्वाचनमा जान्छ । हामी विचार मिल्ने दलहरुसँग पनि मिलेर अघि बढ्छौँ ।”

एमाले देशब्यापी रुपमा जनतासँग अन्तरसम्वादमा रहेको वताउँदै उहाँले सरकारले नचाहँदा नचाहँदै पनि निर्वाचनको घोषणा गरेको वताउनुभयो । “हामी निर्वाचनको तयारीमा छौँ । गठबन्धनको काम र ब्यवहारले जनताले हामीलाई आशिर्वाद दिन्छन् भन्ने हाम्रो विश्वास छ”, नेम्वाङले भन्नुभयो, “जनताले ठिक न्याय गर्दा देश ठिक ठाउँमा जान्छ ।”

उहाँले एमालेसँग डराएर अहिलेको गठबन्धन बनेको वताउनुभयो । “काँग्रेस र माओवादी केन्द्रका नेताले एक्लाएक्लै चुनावमा गए एमालेसँग प्रतिस्पर्धा गर्न सकिन्न भन्नुभएको हामीले विर्सन हुँदैन् । एमाले सबैभन्दा ठूलो शक्ति हो”, नेम्वाङले भन्नुभयो, “हामीले देशलाई कहिल्यै भूपरिवेष्ठित नहुने, आफ्नो भूमिको रक्षा गर्ने, देशमा सुशासन, विकास र समृद्धिको अभियान चलाउन गरेका प्रयत्नलाई जनताले साथ दिँदै आउनुभएको छ”, नेम्वाङले भन्नुभयो ।

सर्वोच्च अदालत कार्यवाहक प्रधानन्यायाधीशको नेतृत्वमा चल्नुपर्ने, संसद्ले जनताका काम गर्न नसक्ने, सरकारले परिणामुखी काम गर्न नसक्ने अवस्था अन्त्य गरी देशलाई नयाँ दिशा दिन निर्वाचन अन्तिम फैसला हुने उहाँको भनाई छ । नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नका लागि नल्याइएको वताउनुभयो ।

“धेरै चाहना नराखी नराखी पनि सरकारले निर्वाचनको मिति घोषणा गरेर औपचारिकताका लागि महाभियोगको प्रस्ताव अघि बढाइएको छ”, नेम्वाङले भन्नुभयो “महाभियोग समिति फागुन २२ गते गठन भएपनि झण्डै ५ महिना समितिलाई काम दिइएन । उक्त समितिले कार्य आरम्भ गर्नै बाँकी रहेको र तीन महिना उक्त समितिको समय प्रतिवेदन तयार पार्ने अवधि हुन्छ । तर असोज १ गतेबाट संसद् नरहँदा महाभियोगको प्रक्रिया पूरा हुँदैन् ।” अर्थतन्त्र धराशायी हुनुका साथै महङ्गी भयावह स्थितितर्फ जानु, किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक नपाउनु दुःखद् विषय भएको उहाँको भनाई थियो ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मुलुकको अर्थतन्त्र सङ्कटतर्फ गइरहँदा सरकार गैरजिम्मेवार बनेको वताउनुभयो । महङ्गी नियन्त्रणबाहिर जानु, विदेशी मुद्रा संचिती घट्दै जानु, आयात बढ्दै जानु गम्भीर अवस्थाका संकेत रहेको उहाँको भनाई छ । भट्टराईले बजेटमार्फत स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न खोजिएकाले मुलुकको आर्थिक अवस्थामा झनै संकटतर्फ धकेलिने वताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्री सदस्य एवं जिल्ला सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य आशारत्न जबेगू, प्रदेश कमिटी सदस्य भीम माबो, जिल्ला कार्यालय सचिव तुलसी थापा लगायत नेताहरुको समेत उपस्थिति थियो ।