झापा । झापामा पौडी खेल्ने क्रममा दुई बालबालिको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ का एन्जिला सुन्दास र सोही स्थानका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका– ९ का सुस्मा सुन्दासकी ११ की छोरी एन्जिला सुन्दास र ध्रुव राईका छोरा १२ वर्षका सिकुम राईको खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
दुवै जना खोलामा नुहाउन भनी घरबाट हिँडेको तर अबेरसम्म नफर्किएपछि स्थानियवासीले खोजी गर्दा राति करिब ९ वजे तिर सताक्षी खोलामा दुवैको शव फेला परेको थियो ।
प्रतिक्रिया