बिर्तामोड । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो लिसाइलो वस्तुसहित अटोचालक र एक महिला बिर्तामोडबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकका अनुसार हिजो दिउँसो साढे २ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउ भित्री सडकखण्डमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बिर्ताबजारबाट बुट्टाबारीतर्फ जाँदै गरेको मे। १ ह २९२१ नंम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक सुनसरी घर भई बिर्तामोड ४ बस्ने ४० वर्षीय उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई सोधपुछ गर्दा सिराहा अमरुवा ५ घर भई हाल बिर्तामोड ३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ वर्षीया प्रतिक्षा चौधरीसमेत संलग्न रहेको खुलेपछि उनको कोठाबाट समेत ५ ग्राम बरामद गरी जम्मा ९ ग्राम २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई अटोसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पाठकको इमेलमा उल्लेख छ ।
प्रतिक्रिया