काठमाडौं । निर्वाचन आयोगले आगामि निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार सम्पादकहरुसँगको अनतकृयामा उक्त रकम खर्च हुने अनुमान सार्वजनीक गर्नुभएको हो ।
निर्वाचनका लागि आयोगले आवश्यक तयारी थालेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने घोषणा गरेको छ ।
आगामी निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदान स्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।
प्रतिक्रिया