काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यतायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले नागरिकता विधेयकमा राजनितिक पूर्वाग्रही साधेर एकै दिन पास गर्न खोजिएको बताउनुभएको छ ।
आज बसेको संसद बैठकमा उक्त विषय माथि बोल्दै उहाँले राष्ट्रपतिले उक्त विधेयक फिर्ता पठाएको विषय स्वागत योग्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “सदनमा टेवल गर्न विधेय फिर्ता गर्न पठाइएको छ । तर यसका विषयमा वर्तमान गठबन्धन सरकारले बाहिर छलफल गरेर हुबहु पारीत गर्ने निर्णय लिएको छ । यसले यो गठबन्धन सरकार बहुमतको नाममा राजनीति पूर्वाग्रही साधिराखेको छ ।”
राष्ट्रियता सँग गासिएको विषय भएकाले यसलाई संसोधन गरेर मात्र पारित गर्नुपर्ने उहाँले बताउनु भयो ।
प्रतिक्रिया