Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमालेको स्कुल विभागको पहिलो समूहको प्रशिक्षण सम्पन्न, आजबाट दोस्रो समूह « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमालेको स्कुल विभागको पहिलो समूहको प्रशिक्षण सम्पन्न, आजबाट दोस्रो समूह

चिन्तन खबर

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले शुरू गरेको कार्यकर्ताका लागि पार्टी स्कुल (बिषयगत प्रशिक्षण) पहिलो समूहको प्रशिक्षण सम्पन्न भएको छ ।
पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीले शनिवार पार्टी कार्यालय च्यासलमा कक्षामा सहभागीहरूका विभिन्न जिज्ञासाबारे स्पष्ट पार्दै पहिलो समूहको कक्षा समापन गर्नुभयो । उहाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

तीनदिने स्कुलको पहिलो समूहमा अखिल नेपाल किसान महासंघका कमरेडहरू सहभागी हुनुभएको थियो । उहाँहरूलाई महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त र जनताको बहुदलीय जनवाद विषयमा प्रशिक्षण दिनुभएको थियो भने उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले सिद्धान्त, कार्यक्रम र कार्यदिशा, स्थायी कमिटी सदस्य डा।राजन भट्टराईले कूटनीतिक सम्बन्ध र भूराजनीति, स्थायी कमिटी सदस्य खगराज अधिकारीले सङ्गठन निर्माण, व्यवस्थापन र परिचालन र स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टी र जनसङ्गठनबीचको अन्तर्सम्बन्ध विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी, स्कुल विभाग उपप्रमुख पार्टीका पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले माक्र्सवादी दर्शन र सामाजिक रूपान्तरण, केन्द्रीय सदस्य रमेश वडालले स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी, अखिल नेपाल किसान महासंघका अध्यक्ष डा। प्रेम दंगालले किसान महासंघ र आगामी दिशा, सूचना प्रविधि विज्ञ अस्गर अलीले सूचना प्रविधिको प्रयोग र विभागका सदस्य वाईपी आचार्यले सूचना, सञ्चार र प्रविधिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणको प्रभावकारिता कस्तो रह्यो भन्ने जान्नका लागि सहभागीहरूलाई स्कुल शुुरू गर्नु अघि र स्कुुल सकिएपछि विभिन्न प्रश्नावली वितरण गरी जाँच लिइएको थियो ।

स्कुलमा सहभागी किसान महासंघकी सचिव सरिता गिरी यादवले प्रशिक्षणबारे आफ्नो अनुभव सुनाउँदै यति गहन र महत्वपूर्ण प्रशिक्षण आफ्नो २०् २५ बर्षको राजनीतिक जीवनमा नपाएको वताउनुभयो । उहाँले यस्ता प्रशिक्षण पार्टी राजनीतिमा आउँदै गरेका युवालाई अति महत्वपूर्ण हुने र त्यो तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिनुुभयो ।

आज भदौ ५ गतेदेखि राष्ट्रिय युवा संघका युवाका लागि स्कुल सञ्चालन हुने छ ।