Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अनाधिकृत अनलाइन खेल खेलाउने कन्सल्टेन्सी सञ्चालकसहित ४ जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अनाधिकृत अनलाइन खेल खेलाउने कन्सल्टेन्सी सञ्चालकसहित ४ जना पक्राउ

विपुल अधिकारी

झापा । अनलाइन गेमिङमार्फत नेपाल प्रतिवन्ध लागेको वानएक्सबेट एप्लिकेसनद्वारा पैसा हारजित हुने गरी खेल खेल्ने र खेलाउनेलाई प्रहरीले झापामा पक्राउ गरेको छ ।

प्रहरीले उक्त खेल खेलाउने दमक–८ मा रहेको पद्मा इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक दमककै २५ वर्षीय सतप्रकाश शाह, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, युअर्स कम्युनिकेसन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी तालिम केन्द्र दमकका सञ्चालक दमक–८ का३३ वर्षीय राजु लिम्बूलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ परेका ब्यक्तिहरुको समूहले दमक नगरपालिका र आसपासका क्षेत्रमा अनाधिकृत रुपमा अनलाइन गेमिङमार्फत नेपालमा प्रतिवन्ध लागेको वानएक्सबेट एप्लिकेसनद्वारा अनलाइन खेल खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । गेम खेलाउने तथा अन्य ब्यक्तिहरुको नामबाट एनसेलको सिमकार्ड झिकेर सोही सिमकार्डबाट सट्टावाजीका लागि आवश्यक पर्ने रकम प्राप्त गर्न इसेवाको खाता खोलेर लाखौंको कारोबार गर्ने गरिएको पाइएको प्रहरीको भनाई छ ।

कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगका लागि विभिन्न विद्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली प्रमाणपत्र बनाउने तथा एसईईको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पक्राउ गरेकाहरुका साथबाट प्रयोगमा ल्याइएका २७९ थान र प्रयोग नभएका ४५ थान एनसेलका सिमकार्ड, १९ सेट मोवाइल, ४ थान ल्यापटप, नौ थान सरकारी तथा गैरसकारी निकायका नक्कली स्ट्याम्प बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको समूहलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर तथा लिखतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी राखिएको समेत सो कार्यालयले जनाएको छ ।