Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमाले पोलिटब्युरो बैठकद्वारा केन्द्रीय कमिटी बैठकका लागि ११ एजेन्डा तय « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमाले पोलिटब्युरो बैठकद्वारा केन्द्रीय कमिटी बैठकका लागि ११ एजेन्डा तय

चिन्तन खबर

काठमाडौँ । नेकपा (एमाले) पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ ।

चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीका राजनीति प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा छ । एमाले प्रचार विभाव प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीको तस्बिर प्रस्तुत हुनेछ ।

अहिले राष्ट्रिय स्वाधीनतामा परिरहेको असरबारे पनि ओलीको प्रतिवेदनमा उल्लेख हुने उनले जानकारी दिए । बिहीबारको बैठकम ओलीले राजनीति प्रतिवेदनका मूल स्परिटबारे जानकारी दिँदै नेताहरुका सुझाव मागेका थिए । ओलीले गत चुनावमा ठूलो धाँधली भएर केही संख्यात्मकरुपमा एमाले पछि परे पपुलर मत एमालेकै बलियो रहेको बताएका थिए ।

उनले चुनाव हार्नुमा सत्ता गठबन्धन उसको धाँधलीमात्रै नभएर पार्टी भित्रको आन्तरिक गतिविधि पनि कारक रहेको बैठकमा उल्लेख गरेका थिए । शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनौैट मापदण्ड पारित गर्नेछ । त्यस्तै स्थानीय तह चुनावका छानबिन समितिको कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ ।

पार्टी सदस्यता नम्बर दोहोरो तेहेरो परेकाको हकमा विशेष निर्णय हुने पनि गुरुङले जानकारी दिए । त्यस्तै कन्द्रीय सल्लाहकार परिषद्को रिपोर्ट, भारत प्रवास कमिटीको नियमावली पनि पेस हुनेछ ।