Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको सम्प्रेषण गरौँः उपमहासचिव गुरुङ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको सम्प्रेषण गरौँः उपमहासचिव गुरुङ

चिन्तन खबर

कपिलबस्तु । नेकपा (एमाले) उपउपमहासचिव गुरुङले एमालेविरुद्ध गलत प्रचार र घेराबन्दी भइरहँदा सञ्चार क्षेत्रमा आवद्ध कार्यकर्ताले त्यसको खण्डन गर्दै जनतालाई सही सूचना दिनुपर्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले कपिलवस्तुको जितपुरमा सोमबार आयोजना गरेको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरु सम्प्रेषण गर्न पनि आग्रह गर्नुभयो ।

‘एमाले र मतदाताहरुको पुलको रुपमा प्रचार क्षेत्रमा खटिएकाले भूमिका निर्वाह गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एमालेको संगठन र कार्यशैलीप्रति अरु राजनीतिक दल र संघसंगठनहरुले समेत डाहा गर्ने गरेका छन् । त्यसैले यस्तो सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिनहुन्न ।’

उहाँले समृद्ध नेपाल सुखी नेपालीको नारा एमालेको गन्तव्य रहेको भन्दै नारामा भएजस्तो काम भएको छैन भने खबरदारी गर्ने दायित्व पनि प्रचार कार्यकर्ताहरुको रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेको देशव्यापी लहरले सत्तागठबन्धन अत्तालिएको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत सबै पालिकामा प्रेस चौतारी नेपालका सदस्यहरु परिचालन भैसकेको जानकारी दिनुभयो ।

प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता, महासचिव निरु गौतमको संचालन तथा कपिलवस्तु अध्यक्ष जानु पाण्डेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे, एमाले प्रदेश सदस्य शेरबहादुर केसी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य इन्दिरा अर्याल र केन्द्रिय सदस्य पार्वती पाण्डेले प्रचारको कामलाई कसरी व्यवस्थीत बनाउन सकिन्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो। लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको प्रचार भेलाले ९ बुँदे घोषणापत्रसमेत जारी गरेको थियो। साभार नवयुगबाट